गृहपृष्ठ Featured देशैभरिको मौसम बदली, दुई प्रदेशमा वर्षा र हिमपात हुने

देशैभरिको मौसम बदली, दुई प्रदेशमा वर्षा र हिमपात हुने

प्रकाशित मिति:

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहेको छ।

दिउँसो सातै प्रदेशमा बदली हुने महाशाखाको पूर्वानुमान छ।

त्यस्तै कोशी र बागमती प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन, चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

कोशी र बागमतीकै हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपात हुने पनि सम्भावना रहको महाशाखाले बुलेटिनमा उल्लेख गरेको छ।

आइतबार राति पनि देशैभरि आंशिक बदली हुने पूर्वानुमान छ।

रातिको समयमा भने वर्षा र हिमपातको सम्भावना नरहेको महाशाखाले जनाएको छ।

वर्षा र हिमपातले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउनु महाशाखाले अनुरोध गरेको छ।

सम्बन्धित् समाचार