कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका- ५ गाटीहवा स्वास्थ्य चौकीमा एक दिने निःशुल्क आँखा जाच शिबिर सम्पन्न भएको छ ।
कपिलवस्तु नगरपालिका, वडा नम्बर ५ को कार्यालयको आर्थिक तथा नेपाल नेत्रज्योति संघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा शिबिर सम्पन्न गरिएको हो ।
शिबिरमा ३ सय १० जनाको आखाको जाच गरिएको संघका अध्यक्ष मनोज कुमार श्रविास्तवले बताए । शिबिरमा ७२ जनाका मोतिया बिन्दुका रोगी फेला परेको र तिनीहरुको केही दिनमै निःशुल्क अप्रशेन हुने उनले बताए । शिबिरमा वडा नम्बर ५, ४ र यशोधरा गाउपालिकामा बिरामी समेत सेवा लिन आएका थिए ।
सो अवसरमा कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत पुनाराम पौडेलले ब्यानर पढेर शिबिरको शुभारम्भ गर्दै यो शिबिरले गरिब र बिपन्नलाई फाईदा पुग्ने बताए । शिबिरमा जाच गराउन आउने बिरामी मध्ये सय जनालाई चश्मा र औषधी समेत बितरण गरिएको सहायक ब्यवस्थाक प्रशासन्त कार्कीले बताए ।
सो अवसरमा वडाध्यक्ष दिरेप चौधरीले आफनो वडा सहीत आसपास गाउका बिपन्न र गरिबले शिबिरमा फाईदा पाएको बताए । उनले गाउदैलो मै सेवा पाउदा सेवग्राही खुशी भएको बताए ।