गृहपृष्ठ Featured कपिलवस्तुका ३ युवा खैरो हेरोइनकाे काराेबार गरेकाे आशंकामा पक्राउ

कपिलवस्तुका ३ युवा खैरो हेरोइनकाे काराेबार गरेकाे आशंकामा पक्राउ

प्रकाशित मिति:

भैरहवा — प्रहरीले लागूऔषध खैरो हेरोइन बेचबिखनको आशंकामा तीन युवालाई पक्राउ गरेको छ । खैरो हेरोइनको कारोबारमा संग्लन भएको सूचनाका आधारमा प्रहरी आफैं नक्कली खरिदकर्ता बनेर ती युवाकहाँ पुगेको थियो ।

 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीले सिद्धार्थनगर नगरपालिका –८ स्थित बैंक कलोनीका तीन जनालाई २ सय ५ ग्राम खैरो हिरोइनसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी तथा सूचना अधिकारी सुरज कार्कीका अनुसार पक्राउ पर्नेमा कपिलवस्तुको मायादेवी गाउँपालिका–३ का २४ वर्षीय विवेक पाण्डे, २३ वर्षीय स्वतन्त्र उपाध्याय र १८ वर्षीय अमजद खान रहेका छन् । उनीहरूबाट बरामद गरिएको खैरो हिरोइन परीक्षणका लागि बुटवलस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशाला शाखा कार्यालयमा पठाइएको छ ।

सम्बन्धित् समाचार