गृहपृष्ठ Featured सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा पशुपति र मनोजको उम्मेदवारी

सिद्धार्थ क्याम्पसको स्ववियु सभापतिमा पशुपति र मनोजको उम्मेदवारी

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका- १ मा रहेको सिद्धार्थ क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा पशुपति गिरी र मनोज न्यौपानेले उम्मेदवारी दिएका छन् ।

पशुपतिले अखिल संयुक्त प्यानलको तर्फबाट र मनोजले नेविसंघको तर्फबाट सभापतिमा उम्मेदवारी दिएका हुन् । पशुपति एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुका हुन् ।

गत स्ववियु निर्वाचनबाट पशुपति सचिवमा निर्वाचित भएका थिए भने मनोज कोषाध्यक्षमा निर्वाचित भएका थिए ।

नेविसंघबाट सचिवमा अरुण थारु र कोषाध्यक्षमा अनु थारुले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा ममता अधिकारी , निशा थारु, विशाल पाण्डे, अम्बिका पौडेल, आसुतोष गुप्ता, विवेक खनाल र रिचा ज्ञवालीले उम्मेदवार दिएका छन् ।

यस्तै अखिल संयुक्त प्यानलबाट सचिवमा अर्चना आचार्य र कोषाध्यक्षमा प्रतिक्षा नेपालीले उम्मेदवारी दिएका छन् भने सदस्यहरुमा पुस्कर मरासिनी, दिपा थारु, पशुपति यादव, शाखा खत्री, सिता पाण्डे, प्रमिला थारु र नविन आचार्यले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत गोविन्द प्रसाद खनालले जानकारी दिएका छन् ।

उम्मेदवारको नामावली उपर दाबी विरोध गर्ने दिन २८ फागुन अर्थात बुधबार तोकिएको छ । बुधबार नै दुवै तर्फको दाबी विरोध उपर छानबिन गरी उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।

२९ फागुनमा उम्मेदवारको नाम फिर्ता लिने र अन्तिम नामावली सार्वजनिक हुनेछ । आगामी ५ चैतमा बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुनेछ ।

सम्बन्धित् समाचार