कपिलवस्तु ।
छन्द कालेबाबु नारायणी आँखा अस्पताल बहादुरगंजको अस्पताल तथा कर्मचारी आवासको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । जिल्लाको कृष्णनगर नगरपालिका- ९ बहादुरगंजमा रहेको उक्त आँखा अस्पतालको नवनिर्मित भवनको बुधबार उद्घाटन गरिएको हो ।
अस्पतालको आन्तरिक स्रोत, संविधानसभा सदस्य अभिषेक प्रताप शाहको तत्कालिन संसदीय बिकास कोषको ५० लाख रकम, कृष्णनगर पालिका, शिवराज नगरपालिका , बुद्धभुमी नगरपालिका, विजयनगर गाउंपालिका तथा लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालय एवं आन्तरिक मामिला मन्त्रालय लगायत विभिन्न सरोकारवाला निकायको आर्थिक सहयोगमा अस्पतालको ३ तल्ले भवन निर्माण भएको अस्पतालका प्रशासन शाखा प्रमुख जसराज विकले जानकारी दिए ।
उनले हालसम्म यस आँखा अस्पतालले ११ लाख १८ बढीलाई ओपिडी सेवा प्रदान गरेको बताए । जसमध्ये ६९ प्रतिशत भारतीय नागरिकले सेवा लिएको उनले जानकारी दिए ।
उक्त उद्घाटन कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्यहरु अर्जुन केसी, जानकी यादव प्रदेश सभा सदस्य र अर्जुन केसी, संविधानसभा सदस्य अभिषेक प्रताप शाह , नगर प्रमुख रजत प्रताप शाह, उद्योग बाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, प्रतीक अग्रवाल, नेता किफायतुल्लाह खां , रहिश शाह , अखिलेश्वर पाण्डेय लगायत राप्ती आँखा अस्पताल दांगका पदाधिकारी, नेत्र ज्योति संघका पदाधिकारी, अस्पताल व्यवस्थापन समितिका पदाधिकारी तथा अन्य कर्मचारी एवम् सरोकारवालाको उपस्थिति थियो ।