गृहपृष्ठ Featured कपिलवस्तु र दमक उद्योग बाणिज्य संघका पदाधिकारीहरुबीच अन्तरक्रिया

कपिलवस्तु र दमक उद्योग बाणिज्य संघका पदाधिकारीहरुबीच अन्तरक्रिया

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तु उद्योग बाणिज्य संघ र दमक उद्योग बाणिज्य संघका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बुधबार संघको सभाहल चारनम्बरमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले यस क्षेत्रको समग्र व्यवसायिक र पर्यटकिय सम्भावनाको बारेमा चर्चा गरेका थिए । अध्यक्ष क्षेत्रीले खुल्ला सिमानाका कारण यस क्षेत्रका व्यवसायी मारमा पर्दै आएको बताए ।

 

उनले दुई उद्योग बाणिज्य संघबीच व्यापारिकसंगै पर्यटन क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहकार्य आवश्यक रहेको बताए । उनले कपिलवस्तु महोत्सव मार्फत संघले यस क्षेत्रको कला, संस्कृति, व्यापार, पर्यटनलाई प्रवद्र्धन गर्दै आएको जानकारी गराए ।

दमक उद्योग बाणिज्य संघका अध्यक्ष देवी प्रसाद गुरागाईले आफ्नो संघले दमकका ६ हजार बढी व्यवसायीको अभिभावकत्व प्रदान गर्दै आएको बताए । उनले कोरोनाको महामारीको असर हालसम्म पनि व्यवसायीले अनुभव गरेको बताए ।

उनले दमक उद्योग बाणिज्य संघ कपिलवस्तुसंग व्यापारिक र पर्यटन दुवै क्षेत्रको प्रवद्र्धनमा सहकार्य गर्न तयार रहेको बताए । उनले व्यवसायी हित कोषमार्फत दमकमा मार परेका व्यवसायीलाई सहयोग प्रदान गर्दै आएको बताए ।

उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले दुवै संघले गरेका रचनात्मक कामहरु एकअर्काले सिको गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

उक्त कार्यक्रममा संघका केन्द्रिय कार्यसमिति सदस्य गोकुद श्रेष्ठ, कपिलवस्तु उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरे, पूर्वअध्यक्षहरु उमानाथ पौडेल, देवी प्रसाद पाण्डेयसहित संघका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार