गृहपृष्ठ Featured बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

बर्दियामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

प्रकाशित मिति:

बर्दिया ।

ठाकुरबाबा नगरपालिका–२ बलातीमा बुधबार राति हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु भएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको बारीमा राति करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको छ ।

हात्तीको आक्रमणमा सोही ठाउॅका ७१ वर्षीय बलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषिराम घर्तीमगरले जानकारी दिए ।

हात्तीले खेतबारीमा लगाएको गहुँबाली नोक्सानी गरिरहेका बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाए ।

सम्बन्धित् समाचार