गृहपृष्ठ Featured घोराहीमा प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट

घोराहीमा प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट

प्रकाशित मिति:

घोराही ।

दाङको घोराहीमा विद्यालय व्यवस्थापन समिति गठनका क्रममा विवाद हुँदा विद्यालयका प्रधानाध्यापकसहित तीन जनामाथि कुटपिट भएको छ ।

घोराही उपमहानगरपालिका–१४, नयाँबजारमा रहेको शुभप्रभात माध्यमिक विद्यालय व्यवस्थापन समिति गठनका विषयमा विवाद हुँदा विद्यालयका प्रधानाध्यापक रुद्र बुढासहित नेकपा बहुमतनिकट अखिल (क्रान्तिकारी) दाङ जिल्लाका अध्यक्ष नरेन्द्र विक र विद्यार्थी नेता पवन विकमाथि कुटपिट भएको हो ।

फागुन ४ गतेदेखि रिक्त रहेको विद्यालय व्यवस्थापन समिति गठनका लागि बुधबार तेस्रो पटक अभिभावक भेला बोलाइएको थियो । भेलामा गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट लेख्न नमान्दा आफूमाथि कुटपिट भएको विद्यालयका प्रधानाध्यापक बुढाले बताउनुभयो । विद्यालय व्यवस्थापन समिति गठनको भेलामा गणपूरक सङ्ख्या नपुगेका कारण माइन्युट उठाउन नमान्दा घोराही उपमहानगरपालिका–१४ का वडाध्यक्ष भानसिंह बुढालगायतका व्यक्तिबाट कुटपिट भएको प्रधानाध्यापक बुढाले बताउनुभयो ।

उहाँले ३७० भन्दा बढी अभिभावक रहेको विद्यालयमा तेस्रो पटक बोलाइएको भेलामा १२३ जना मात्रै अभिभावक उपस्थित भएका र ५१ प्रतिशत गणपूरक सङ्ख्या नपुग्ने भएकाले आफूले चौथो पटक भेला बोलाउन माग गर्दा कुटपिट भएको बताउनुभयो ।

सम्बन्धित् समाचार