गृहपृष्ठ Featured कपिलवस्तुमा अवैध रुपमा भारतीय बजारबाट ल्याईएको कुखुरा प्रहरीद्धारा नष्ट

कपिलवस्तुमा अवैध रुपमा भारतीय बजारबाट ल्याईएको कुखुरा प्रहरीद्धारा नष्ट

प्रकाशित मिति:

कपिलवस्तु ।

कपिलवस्तु जिल्लामा भारतबाट अबैध कुखुरा ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीले पक्राउ गरि नस्ट गरेका छन् । जिल्लाको शुद्धोधन वडा नं।३ स्थित लबनीको बाटो हुदै नेपाल ल्याउदै गरेको अवस्थामा पक्राउ हो ।

आज बिहान सशस्त्र प्रहरी प्रस्तावित सिमा सुरक्षा गुल्म चाकरचौडाका गुल्मपति नायब उपरीक्षक हरि बहादुर गुरुङको कमान्डमा गएको गस्ती टोलिले पक्राउ गरेको हो ।

भारतबाट अबैध रुपमा चोरि पैठारी गरी ल्याउदै गरेको दुई क्युन्टल कुखुरा मोटरसाइकल सहित बरामद गरी जन प्रतिनिधी, बुद्धिजिवी र संचारकर्मी समेतको रोहबरमा बोईलर कुखुरा नष्ट गरी मोटरसाइकल भन्सार पठाउने तयारी भएको नायब उपरीक्षक हरि बहादुर गरुङले बताउनु भयो ।

सम्बन्धित् समाचार