गृहपृष्ठ Featured दिउँसो कतै– कतै पानी पर्ने सम्भावना

दिउँसो कतै– कतै पानी पर्ने सम्भावना

प्रकाशित मिति:

काठमाण्डौ ।

सुदूरपश्चिम प्रदेशका एक–दुई  ठाउँमा आज हल्का वर्षा भएको छ । अहिले सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा मौसम आंशिकदेखि साधारणतया बदलीको अवस्था छ ।

देशका बाँकी ठाउँमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । आज दिउँसो देशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौमसविद्ले बताएका छन् । देशको उच्च पहाडी तथा हिमाली केही क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।

कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी थोरै ठाउँ तथा बाँकी प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सम्बन्धित् समाचार