गृहपृष्ठ Featured बाख्रा पालेरै लाखौं आम्दानी

बाख्रा पालेरै लाखौं आम्दानी

प्रकाशित मिति:

दाङ ।

घोराही उपमहानगरपालिका –१७ गुलरियकी विपना चौधरी यसअघिसम्म परम्परागत खेतिमा सीमित हुनुहुन्थ्यो । खेतिपातीले मात्र घर खर्च नचल्ने भएपछि उहाँले सात वर्ष अगाडि बाख्रा पाल्ने सोच बनाउनुभयो । घरमा भएको केही धान बेचेर दुई बाख्रा किन्नुभयो ।

खसीबाट राम्रो पैसा आएपछि मैले खेतिको विकल्पमा व्यावसायिक रुपमा बाख्रा पाल्ने योजना बनाउनुभयो । उहाँले भन्नुभयो, “त्यसपछि श्रीमानसँग सल्लाह लिएँ, उहाँले पनि बाख्रा पालौ भन्नुभयो तर, उन्नत जातको वाख्रालाई व्यावसायिक रुपमा पाल्ने योजना बनायौं ।”

व्यावसायिक रुपमा बाख्रा पाल्ने योजना भएपछि हामीले २०७६ मा चिन्हारी पशुपालन फर्म दर्ता गरायौं, उहाँले भन्नुभयो, “त्यसपछि मेरो श्रीमान महेन्द्र चौधरीले पहाडबाट तीन बोयर जातको बाख्रा एउटा भाले र दुर्इटा पोथी खरिद गरेर ल्याउनुभयो ।”

घरमै पहिलाकै लोकल बाख्रा थिए । विस्तारै बाख्राको संख्या बढदै गयो, व्यवसाय पनि थपिदै गयो, उहाँले भन्नुभयो, “अहिले ३५ वटा बोयर जातको मात्र वाख्रा छन्, यो संख्या घटबढ भइरहन्छ, किनकि बाख्रा उत्पादन गर्दै जाने विक्री गर्दै जानेभएकाले घटबढ भइरहन्छ ।”

बोयर जातको बाख्रा पाल्न थालेपछि बार्षिक ७ लाखसम्मको आन्दानी हुन्छ, उहाँले भन्नुभयो, “एउटा बच्चा २० हजार रुपियाँसम्म विक्री गरिरहेका छौं, जिउँदो बाख्रा प्रतिकेजी एक हजार दुर्इसयदेखि एक हजार पाँच सयसम्ममा विक्री हुन्छ ।

उहाँले एउटा बोका मात्र दुई लाख १० हजारसम्म बेचेको जानकारी दिनुभयो । छोटो समयमा राम्रो आन्दानीको लागि बोयरजातको बाख्रा धेरै राम्रो हुने गरेको उहाँले सुनाउनुभयो । यो बाख्राले जस्तोसुकै घाँस पनि खान्छ, लोकल बाख्राजस्तो हुदैन, उहाँले भन्नुभयो, “मैले वाख्राका लागि १० कठ्ठामा १० किसिमका घाँस पनि खेति गरेको छु, यी सबै घाँस उत्तिकै मन पराउँछन् ।” उहाँको अनुसार मोलातो, पास्पालम, सेटारिया, स्टाइलो, नेपियर, सुपर नेपियर, सम्राट नेपियर, रेड नेपियर, सिडेलेस किन्वु, किन्वु र दबबदे घाँस बाख्राका लागि अति राम्रो हुने गर्दछ ।

सम्बन्धित् समाचार