गृहपृष्ठ Featured प्रधानमन्त्रीसँग कुराकानी गरेर निस्किए मन्त्री गुप्ता

प्रधानमन्त्रीसँग कुराकानी गरेर निस्किए मन्त्री गुप्ता

घुस डिल गरेकोसम्बन्धी अडिओ सार्वजनिक भएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुराकानी गरेका छन्।

सोमबार बिहान करिब पौने ११ बजे मन्त्री गुप्ता प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए भने त्यसको आधा घन्टामा उनी बालुवाटारबाट निस्केका छन्।

मन्त्री गुप्ता बालुवाटारबाट निस्केपछि प्रधानमन्त्री ओली बालुवाटारमै सिनेट बैठकमा सहभागी छन्।

भूमि आयोग कास्कीको अध्यक्ष बनाउन २५ लाख र मालपोत कार्यालय कास्कीको तत्कालीन प्रमुखको सरूवा रोक्न ५३ लाख घुस लेनदेनसम्बन्धी ‘डिल गरेको’ अडिओ सार्वजनिक भएको थियो।

प्रधानमन्त्री ओली र मन्त्री गुप्ताबीच भएका कुराकानीबारे जानकारी प्राप्त भइसकेको छैन।

मन्त्री गुप्ता नेकपा (एमाले) का सांसद र केन्द्रीय सदस्य पनि हुन्।

सम्बन्धित् समाचार