बुटवल । भैरहवास्थित गाैतमबुद्ध विमानस्थल साँढे सात किलो गाँजा सहित एक भारतीय महिला पक्राउ परेकी छन्। प्रहरीका अनुसार भारतको महाराष्ट्र मुम्बई ठेगाना लेखाएकी ४५ वर्षीया गुलनाज बैग नामकी ती महिला थाइल्यान्डको बैंककबाट आएको थाई एयर एसियाबाट भैरहवा आएकी थिइन् ।
उनले पक्राउ परेकी महिलालाई बरामद भएको गाँजासहित थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा पठाइएको बताए । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी रञ्जित सिंह राठौरले जिल्लामा भर्खर ल्याएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको बताए ।