काठमाडौं ।
स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ। अघिल्लो दिन मंगलबार तोलाको १ लाख ७५ हजार २ सय रुपैयाँ पुगेकोमा आज प्रतितोला सुनको मूल्य १ लाख ७६ हजार पुगेको छ।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन १ लाख ७६ हजार रुपैयाँमा कारोबार भइरहेको जनाएको छ। सुनको भाउ भने सामान्य घटेको छ। आज ५ रुपैयाँले घटेर चाँदी प्रतितोला २ हजार ४५ रुपैयाँ कायम भएको छ।
मंगलबार चाँदी तोलाको २ हजार ५० रुपैयाँमा कारोबार भएको थियो।