काठमाडौं ।
गायक दुर्गेश थापाले भाेलिदेखि सुरु हुन लागेको एसईई परीक्षाको अवधिभरि सांगीतिक कार्यक्रम नगर्ने घोषणा गरेका छन् । परीक्षा दिने विद्यार्थीहरुलाई डिस्टर्व हुन सक्ने भन्दै उनले यस्तो निर्णय लिएका हुन् ।
उनले लेखेका छन्, ‘एसईई परीक्षा हाम्रो जीवनको महत्वपूर्ण घडी हो । केवल मनोरञ्जनमा मात्र होईन उज्ज्वल भविष्यका लागि पनि म सधैं हजुरहरुकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आईरहेको छ । तर यदि म कार्यक्रम गर्दै हिडेँ भने त्यसले पढाइलाई डिस्टर्ब गर्छ, ध्यान भंग गर्छ, अनि भविष्यमा असर पार्न सक्छ । यी कुराहरुलाई मध्यनजर गर्दै, एसईई परीक्षा अवधिभर मैले कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु । साथै परीक्षा अवधिभर सञ्चालन हुने कार्यक्रमको लागी मलाई सम्पर्क नगरिदिनुहुन सम्पूर्णमा अनुरोध गर्दै यसबाट आयोजकलाई पर्न गएको असुविधा प्रति क्षमा चाहान्छु ।’