बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका नागरिक सहभागितामा असल अभ्यास गर्ने विश्वभरका स्थानीय तथा प्रदेश सरकारहरु बीचको अवार्ड प्रतियोगिताको उत्कृष्ट ४०को सूचीमा परेको छ ।
अर्जेन्टिनाको इन्टरनेसनल अब्जरभेटरी अन पार्टिसिपेसन ९ओआईडीपी० संस्थाले आयोजना गरेको २४औं संस्करणको अवार्डका लागि तिलोत्तमा पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको हो ।
ओआईडीपीले आफ्नो वेबसाइटमार्फत विभिन्न पाँच वटा विषयमा आवेदन माग गरेकामा तिलोत्तमा नगरपालिका जनसहभागितामा सञ्चालित सरसफाइ तथा हरियाली प्रवर्द्धन अभियानबाट पहिलो चरणमा उत्कृष्ट ४० भित्र परेको नगर प्रमुख रामकृष्ण खाँणले बताए ।
अवार्डका लागि विश्वका ३७ देशका १३७ वटा स्थानीय र प्रदेश सरकारले आवेदन दिएका थिए । प्रारम्भिक सूचीमा परेका ४० स्थानीय र प्रदेश सरकारबीच अनलाइन भोटिङको ५० अंक तथा निर्णायकको मूल्याङ्कनको ५० अंकको आधारमा अवार्ड विजेता घोषणा गरिने ओआईडीपीको वेबसाइटमा उल्लेख छ ।
अवार्ड घोषणा समारोह आगामी मे महिनाको २१देखि २३ सम्म अर्जेन्टिनाको कोर्डोबामा हुने छ ।