गृहपृष्ठ Featured चैत ९ र १० गते नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशन

चैत ९ र १० गते नेकपा एस रूपन्देहीको जिल्ला अधिवेशन

प्रकाशित मिति:

रुपन्देही ।

नेकपा एकीकृत समाजवादी रूपन्देहीको चैत ९ र १० गते हुने १० औं जिल्ला अधिवेशन हुने भएको छ । पार्टी जिल्ला कमिटीले विहीबार बुटवलमा पत्रकार सम्मेलन गरी अधिवेशनको तयारी पूरा भएको जनाएको हो ।

२०७८ साल भदौं ९ गते तत्कालीन नेकपा (एमाले) बाट विद्रोह गरी स्थापना भएको नेकपा एसले गत असारमा सम्पन्न दशौ राष्ट्रिय महाधिवेशनले पारित गरेको नीति कार्यक्रम र विधान अनुसार जिल्ला अधिवेशनको तयारीमा जुटेको सो पार्टीले जनाएको छ ।

पत्रकार सम्मेलनमा नेकपा एसका पोलिटब्यूरो सदस्य तथा रुपन्देही इन्चार्ज नन्दलाल बन्जाडेले महाविधेशनको कार्यदिशा, कार्यक्रम, संगठनात्मक सिद्धान्त र विधान अनुसार अधिवेशनमा होमिएको बताए ।

उनले रुपन्देहीमा जिल्लाको नेतृत्वमा आउन चाहनेहरु प्रतिनिधि अनिवार्य हुनुपर्ने प्रावधानलाई कार्यान्वयन गरिएको बताए । उनले जिल्ला अधिवेशनका लागी रुपन्देही जिल्लाका ५ वटा निर्वाचन क्षेत्रहरुबाट प्रतिनिधिहरु छनौट गर्ने काम सम्पन्न गरिएको बताए ।

उनले आफूहरु एमाले विद्रोहबाट आएकाले त्यसैको निरन्तरता भएकाले जिल्ला अधिवेशन १० औं भनिएको सेपष्ट पारे ।

सम्बन्धित् समाचार