गृहपृष्ठ Featured समाजसेवी बरालद्धारा स्वर्गीय धर्मपत्नीको पुण्यतिथीमा कपिलधामका बटुकहरुलाई भोजन

समाजसेवी बरालद्धारा स्वर्गीय धर्मपत्नीको पुण्यतिथीमा कपिलधामका बटुकहरुलाई भोजन

प्रकाशित मिति:

वैखरी अनलाईन, बाणगंगा ।

बाणगंगा नगरपालिका वडा नं.९ कपिलधाममा रहेको श्री कपिलमुनी वैदिक संस्कृत विद्यापिठ गुरुकुलममा समाजसेवी सुर्य बरालले धर्मपत्नी स्वर्गीय पार्वती घिमिरे बरालको चौथो बार्षिक पुण्यतिथिमा बटुकहरुलाई खाना खुवाएर उदाहरणीय कार्य गर्नुभएको छ ।

नेपाली कांग्रेस बाणगंगाका सचिव समेत रहनुभएका बरालले विहिबार स्वर्गीय धर्मपत्नीको पुण्यतिथिमा गुरुकुलमका .. बटुकहरुलाई विहानको खाना खुवाएर उदाहरणीय कार्य गर्नुभएको हो ।

बराल एक राजनितिक व्यक्तित्वसंगै यस क्षेत्रका एक सक्रिय समाजसेवीको रुपमा पनि परिचित रहनुभएको छ । उहाँले विभिन्न संघ संस्थामा कुसल नेतृत्वदायी भुमिका गरिसक्नुभएको छ । बरालले गुरुकुलका बटुकहरुलाई एक छाक खाना खुवाउँदा अत्यन्तै सन्तुष्टिको अनुभूति भएको बताउनुभएको छ । उहाँले आफु सधै सामाजिक क्षेत्रमा समर्पित रहेने बताउँदै अन्य व्यक्तिहरुलाई समेत सामाजिक उत्तरदायित्व निर्वाह गर्न आग्रह गर्नुभयो ।

बरालले गुरुकुलमलाई आगामी दिनहरुमा पनि सहयोग गर्ने प्रतिवद्धता जनाउनुभएको छ । बटुकहरुलाई खाना खुवाउने कार्यक्रममा बरालका दुई छोरी सुस्मीता र समिक्षा बराल र ज्वाई मनिष खनालले पनि सहयोगी भूमिका निर्वाह गर्नुभएको हो ।

सम्बन्धित् समाचार