गृहपृष्ठ Featured मानसिक स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन गर्दा संवेदनशील हुनु आग्रह

मानसिक स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन गर्दा संवेदनशील हुनु आग्रह

प्रकाशित मिति:

कपिलवस्तु ।

मानसिक स्वास्थ्य सम्बन्धी समाचार प्रकाशन गर्दा संचारकर्मीहरु संबेदनशील हुनु पर्ने औल्याइएको छ ।

विभिन्न संचार माध्यममा प्रकाशित समाचारले समाजमा ठुलो असर पर्ने भएकाले मानसिक स्वास्थ्य सम्बन्धि समाचार प्रकाशन गर्दा संचारकर्मीहरु सेचत र संबेदनशील हुुनु पर्ने औल्याइएको हो ।

युएमएनको सहयोगमा दलित सामाजिक विकास केन्द्रले तौलिहवामा राखेको मानसिक स्वास्थ्य समाचार प्रकाशनमा संबेदनशीलताको बारेमा स्थानीय संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा सो कुरा औल्याइएको हो ।

बरिष्ठ मनोबिद बिनोद पौडेलले संचार माध्यममा आएको कुरालाई जनमानसमा धेरै प्रभाव पार्ने भएकाले मानसिक स्वास्थ्यका बिषयमा रिर्पोटिङ गर्दा संचारकर्मीले धेरै ख्याल गर्नु पर्ने बताए । मनामेसामाजिक र मानसिक स्वास्थय समस्या समाजमा अहिले ठुलौ चुनौतीकारुपमा देखा परेकाले यसको न्युनीकरणकालागि संचारकर्मीले धेरै कुराको ध्यान दिनु पर्ने उनले बताए ।

उनले संचारकर्मी संबेदनशील भएर रिपोट्रि गरिए मानसिक स्वास्थ्य सम्बन्धी सेचतना फैलाउने र कलंक समेत घटाउन मद्दत गर्ने पौडेलले बताए । उनका अनुसार नेपालमा कुल नसर्ने रोग मध्ये १८ प्रतिशत मानसिक रोगले ओगटेको बताए ।

सम्बन्धित् समाचार