कपिलवस्तु ।
कपिलवस्तु नगरपालिका वडा नम्बर ११ जहदी स्थित श्याम आधारभुत बिद्यालयमा एक दिने निःशुल्क आँखा जाच शिबिर संपन्न गरिएको छ । कपिलवस्तु नगरपालिका, वडा नम्बर ११ को कार्यालयको आर्थिक तथा नेपाल नेत्रज्योति संघ कपिलवस्तु शाखाको प्राबिधिक सहयोगमा शिबिर संपन्न गरिएको हो ।
शिबिरमा ४ सय ६ जनाको आखाको जाच गरिएको संघका अध्यक्ष मनोज कुमार श्रविास्तवले बताए । शिबिरमा ८२ जनाका मोतिया बिन्दुका रोगी फेला परेको र तिनीहरुको केही दिन मै निःशुल्क अप्रशेन हुने उनले बताए ।
शिबिरमा वडा नम्बर ११, ९ र १० का बिरामी समेत सेवा लिन आएका थिए । सो अवसरमा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताले शिबिरले गरिब र बिपन्नलाई फाईदा पुग्ने बताए । शिबिरमा जाच गराउन आउने बिरामी मध्ये २ सय बढीलाई चश्मा र औषधी समेत बितरण गरिएको सहायक ब्यवस्थाक प्रशासन्त कार्कीले बताए ।
सो अवसरमा वडाध्यक्ष राम गोपाल यादवले आफनो वडा सहीत आसपास गाउका बिपन्न र गरिबले शिबिरमा फाईदा पाएको बताए । उनले गाउदैलो मै सेवा पाउदा सेवग्राही खुशी भएको बताए । शिबिरमा बिद्यालयका प्रअ मोहन प्रसाद घिमिरे, आखा अस्पतालमा सहायक ब्यवस्थाक प्रशान्त कार्की लगायतको सहभागीता थियो ।