गृहपृष्ठ Featured जय आर्दश सामुदायिक बनको १८ औँ बार्षिक साधारण सभा सम्पन्न

जय आर्दश सामुदायिक बनको १८ औँ बार्षिक साधारण सभा सम्पन्न

प्रकाशित मिति:

नविन भुषाल, बुद्धभुमी ।
कपिलवस्तु जिल्लाको बुद्धभुमी नगरपालिका वडा नम्बर ४ मा रहेको जय आर्दश सामुदायिक बन उपभोक्ता समुहको १८ औँ बार्षिक साधारण सभा सम्पन्न भएको छ । बुद्धभुमी ४ मा रहेको आर्दश आधारभुत बिद्यालयमा भएको साधारण सभाले बार्षिक कार्य योजना पारित गर्दै सम्पन्न भएको हो ।

 

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अथिति बुद्धभुमी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष सुशिल कुमार चौधरीले सबै मिलेर बन संरक्षण गनु पर्नेमा जोड दिएका थिए । उनले जनस्तरबाटनै बन संरक्षण भएमा त्यसको लाभ त्यहीका स्थानियले बासीले लिने बताउदैँ अवको समय हावाहुरी र आगलागी भएकाले सबै बन डढेलो नियन्त्रण गर्न गम्भीर हुन आवश्यक रहेको बताए । त्यस्तै वडाध्यक्ष चौधरीले वडाको समग्र बिकासमा सामुदायिक बन र स्थानिय सरकार एकजुट भएर लाग्नु पर्ने बताए ।

 

 


त्यस्तै कार्यक्रममा बोल्दै जय आर्दश सामुदायिक बनका अध्यक्ष लाल बहादुर कुवंँरले सामुदायिक बनले आफनो कार्य क्षेत्रभित्र रहेका बनको संरक्षणका लागी बृक्षरोपण, तारबार जस्ता कार्य गरी रहेको बताए ।
बनको स्रोत साधानले भ्याएसम्म सामाजिक बिकासमा समेत बनले काम गरी रहेको र आगमी दिनमा थप प्रभावकारी कार्यहरु सम्पादन गर्ने प्रतिबद्धता जनाएका थिए ।

सभा जय आर्दश सामुदायिक बनका अध्यक्ष लाल बहादुर कुवँरको अध्यक्षता सचिव यम बोहाराको सञ्चालन तथा बनका उपाध्यक्ष बिष्णु प्रसाद भुसालको स्वागत मन्तब्यमा सम्पन्न भएको थियो । साथै सो अवसरमा सामुदायिक बनले जय आर्दश आधारभुत बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री बितरण समेत गरिएको थियो ।

 

सम्बन्धित् समाचार