वैखरी अनलाईन, बाणगंगा ।
बाणगंगा नगरपालिका वडा नं. ६ मा रहेको लक्ष्मणघाट माध्यमिक विद्यालयमा शैक्षिक उपलब्धी अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको ४ दिने तालिम सम्पन्न भएको छ ।
वडा नं.६ को आर्थिक सहयोग तथा विद्यालयको आयोजनामा भएको कक्षा १-३ को एकीकृत पाठ्यक्रम र कक्षा ४-८ को मूल्यांकन प्रणाली सम्बन्धी तालिमको आईतबार समापन भएको हो ।
वडा अध्यक्ष करुण टण्डनले शैक्षिक गुणस्तरियता कायम गर्दै यस वडाका विद्यालयलाई अब्बल सावित गराउने अभियान स्वरुप तालिम गरिएको बताए । उनले वडाले भौतिक पूर्वाधारसंगै यस्ता क्षमता अभिवृद्धिका कार्यक्रमलाई प्राथमिकता दिएको बताए ।
उनले तालिमबाट हासिल ज्ञान, सिपलाई दैनिक रुपमा योजनाबद्ध ढंगले कार्यान्वयन गर्न आग्रह गरे ।
तालिममा शिक्षा विकास तथा समन्वय एकाइका अधिकृत रविन्द्र आचार्य र विद्यालयका प्रध्यानध्यापक. कबिराज भण्डारीले सहजीकरण गरेका थिए ।
उक्त तालिममा वडा नं. ६ भित्र रहेका सामुदायिक विद्यालयका ३० जना शिक्षकहरुले सहभागिता रहेको थियो ।