वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तु हाटबजार व्यवसायी समिति र नवलपुर साप्ताहिक हाटबजार व्यवसायी समितिका पदाधिकारीहरुबीच छलफल तथा अन्तरक्रिया भएको छ ।
सोमबार बैरियामा रहेको समितिको कार्यालयमा हाटबजारलाई थप व्यवस्थित गर्न भए गरेका नयाँ अभ्यास, व्यवसायीका समस्याको बारेमा छलफल तथा अन्तरक्रिया भएको कपिलवस्तु हाटबहजार व्यवसायी समितिका अध्यक्ष यमलाल बेल्वासेले वैखरीलाई जानकारी दिए ।
नवलपुर कार्यसमितिका पदाधिकारीहरु भ्रमणका क्रममा कपिलवस्तु आएको र सो क्रममा महत्वपूर्ण भेटघाटसहित छलफल भएको अध्यक्ष बेल्वासेले बताए । सो क्रममा अध्यक्ष बेल्वासेले यस क्षेत्रमा हाटबजार व्यवसायीहरुको अवस्था र समितिको आगामी रणनितिका बारेमा चर्चा गरेका थिए ।
नवलपुर साप्ताहिक हाटबजार व्यवसायी समितिका डोलराज चापागाईले आफ्नो क्षेत्रमा हाटबजारका क्षेत्रमा भएका नविन अभ्यास कामसंगै हाटबजार व्यवसायीको वर्तमान अवस्थाको बारेमा बताएका थिए ।
सो भेटघाटमा दुवै समितिका वर्तमान पदाधिकारी र पूर्वपदाधिकारीहरुको सहभागिता रहेको थियो ।