स्थानीय बजारमा सुनको मूल्यमा थप गिरावट देखिएको छ।
मंगलबार सुन तोलाको एक लाख ७३ हजार ३०० रुपैयाँ प्रतितोला पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार सुन एक लाख ७३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै चाँदीको मूल्यमा भने कुनै परिवर्तन देखिएको छैन।
चाँदी आज पनि एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको छ।