वैखरी अनलाईन, बाणगंगा ।
इलाका प्रहरी कार्यालय पिपराका प्रमुख लोकेन्द्र जिसी नगदसहित सम्मानित भएका छन् । कार्य सम्पादनको आधारमा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जिसीलाई नगदसहित सम्मान गरेको हो ।
जिसीलाई जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरिक्षक निरनजनदत्त भट्टले सम्मान गरेका हुन् ।
प्रहरी निरिक्षक जिसीले अपराध नियन्त्रण, लागुऔषध कारोबार नियन्त्रण तथा शान्ति सुरक्षा कायम गर्न उल्लेख्य भूमिका खेल्दै आएका छन् ।
प्रहरी निरीक्षक जिसीले साङ्गठनिक नीति निर्देशन बमोजिम दिइएको जिम्मेवारी एवं पदीय दायित्व इमान्दारी, वफादारी लगनशील तथा व्यावसायिकताका साथ कर्तव्यनिष्ठ भई उत्कृष्ट कार्य सम्पादन गरेको हुँदा सम्मान गरिएको जनाईएको छ ।