गृहपृष्ठ Featured पाचौँ महाधिवेशनको तयारीमा जुट्यो नेपाल तरुण दल कपिलवस्तु

पाचौँ महाधिवेशनको तयारीमा जुट्यो नेपाल तरुण दल कपिलवस्तु

प्रकाशित मिति:

वैखरी अनलाइन, कपिलवस्तु ।

नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु पाचौँ महाधिवेशनको तयारीमा जुटेको छ । सदस्यता बिस्तारदेखि जिम्मेवारी बाडफाड गर्दै नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तु पाचौँ महाधिवेशनको तयारीमा जुटेको हो ।

कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका स्थित श्रीपेट रिर्सोटमा बसेको संयुक्त बैठकले तरुण दलको साधारण र पुर्णकालिन सदस्यता बितरण गर्ने निर्णय भएको नेपाल तरुण दल जिल्ला कार्य समिति कपिलवस्तुका अध्यक्ष खोम बहादुर सिंह ठकुरी (शक्ति) ले बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समितिका सचिव समेत रहेका ठकुरीले जिल्लामा रहेका युवाहरुलाई गोलबद्ध गर्दै सदस्यता बितरण तिव्रता दिने बताए । सदस्यता बितरणका लागी आ आफनो ठाउबाट लाग्न उनले सबैमा अपिल समेत गरेका छन ।

बैठकमा तरुण दलका केन्द्रिय सदस्य तिलक थापा, राजन आले, जिल्ला कार्य समिति, क्षेत्रीय र नगर समितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार