गृहपृष्ठ Featured एसईई परीक्षार्थीबाट ४७३ मोबाइल बरामद : ६ निरीक्षकविरुद्ध मुद्दा

एसईई परीक्षार्थीबाट ४७३ मोबाइल बरामद : ६ निरीक्षकविरुद्ध मुद्दा

प्रकाशित मिति:

रौतहट । 

माध्यमिक शिक्षा परीक्षा (एसईई) मा फेरि चिट चोर्न प्रयोग गरिएका ४७३ थान मोबाइल अनुगमन समितिले नियन्त्रणमा लिएको छ।

मंगलबार बिहान ८ बजेदेखि परीक्षा सञ्चालन भएपछि जिल्ला सदरमुकाम गौर लगायतका परीक्षा केन्द्रमा परीक्षार्थीहरूले शरीरमा लुकाएर परीक्षा हलभित्र लागेको ४७३ थान मोबाइल चेकजाँचको क्रममा टोलीले बरामद गरेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी दीपक कुमार रायले बताएका छन्।

हालसम्म चिट चोराउने उद्देश्यले लगिएका १७०६ थान मोबाइल बरामद गर्नुका साथै परीक्षाको मर्यादाविपरीत काम गरेका ६ जना निरीक्षकलाई पक्राउ गरिएको जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले जानकारी दिए ।

निरीक्षकहरूमाथि परीक्षाको मर्यादा उल्लंघन सम्बन्धी कसुरमा मुद्दा दायर गरिएको एसपी घिमिरेको भनाई छ।

सम्बन्धित् समाचार