नेपालगन्ज ।
बाँकेको नरैनापुरमा आगलागी भएको छ । पालिकाको वडा नम्बर ४ मा आगलागी हुँदा १७ वटा घर जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।
स्थानीय जुमै खाँको घरबाट सुरु भएको आगो गाउँमा फैलिएको प्रहरीले जनाएको छ । खाँको घरबाट लागेको आगो नेपालगन्ज उपमहानगरपालिका र कोहलपुृर नगरपालिकाको दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय बासिन्दाले नियन्त्रणमा लिएका थिए ।
खरले छाएका र एक आपसमा जोडिएका घरगोठ तथा तीव्र हावाहुरीका कारण आगो नियन्त्रणमा लिन मुश्किल परेको सशस्त्र प्रहरी उपरिक्षक चन्दले बताए ।
मंगलबार दिउँसो सुरु भएको आगलागी केहीबेर अगाडि नियन्त्रणमा आएको नरैनापुर(४ का वडाअध्यक्ष मनोजकुमार शर्माले जानकारी दिए । प्रहरीका अनुसार आगलागीबाट नष्ट भएका घरभित्र राखिएको अन्नपात, भाडा बर्तन, लुगा लत्ता जलेर नष्ट भएको छ ।