नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रको डिजिटल बोर्डमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध लेखिएको अपशब्दका विषयमा छानबिन सुरु भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले प्रधानमन्त्रीविरुद्ध सरकारी कार्यालयकै बोर्डमा अपशब्द लेखिएको विषयमा कार्यालय प्रमुखलाई २४ घण्टे स्पष्टीकरण सोधेको हो।
कार्यालयको डिजिटल बोर्डमा प्रधानमन्त्री ओलीविरुद्धको अपशब्द लेखिएपछि कार्यालय प्रमुखसहित कर्मचारी छानबिनको दायरामा आएका छन्।
चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले घटनाका सम्बन्धमा स्पष्टीकरण सोधेर कारबाही प्रक्रिया अगाडि बढाएको बताएका छन्।