गृहपृष्ठ Featured लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन परमादेश

लुम्बिनी विकास कोषको विद्युतीय गाडीको नम्बर प्लेट हरियो बनाउन परमादेश

प्रकाशित मिति:

बुटवल ।

उच्च अदालत बुटवलले लुम्बिनी विकास कोषमा आएका विद्युतीय गाडीलाई सेतोबाट हरियो नम्बर प्लेट बनाउन लुम्बिनी प्रदेश सरकार यातायात व्यवस्था मन्त्रालयलाई परमादेश जारी गरेको छ ।

एसियाली विकास बैङ्कले ग्रिन ईनर्जी फन्डबाट प्रदान गरेका ५ बस र १४ वटा भ्यानसहित १९ बिद्यतीय गाडिलाई सेतो नम्बर प्लेटबाट पर्यटक सवारी बोक्ने हरियो नम्बर प्लेटमा एक महिनाको समय तोकेर परिवर्तन गर्न यातायात व्यवस्था मन्त्रालयलाई अदालतले परमादेश जारी गरेको हो ।

उच्च अदालत बुटवलका न्याधिशद्वय राजेश्वर  तिवारी र पुण्यशिला दवाडी घिमिरेको इजलासले सोमबार लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद्ले निर्णय गरिसकेकाले सेतो नम्बर प्लेटबाट हरियो नम्बर प्लेट बनाई पर्यटक सेवाका लागि सञ्चालन गर्न परमादेश जारी गरेका हुन् ।

तराई मधेस मानव अधिकार गृह (माहुरी होम)का तर्फबाट राम विकास चौधरीले दायर गरेको रिट दिएका थिए । निवेदकको तर्फबाट अधिवक्ताहरू रेसम अधिकारी र बाबुराम भुसाल तथा विपक्षीका तर्फबाट महान्यायाधिवक्ता यमलाल खनाल, वरिष्ठ अधिवक्ता लिलाधर मरासिनीले बहस गरेका हुन ।

सम्बन्धित् समाचार