गृहपृष्ठ Featured अर्घाखाँचीमा बस दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

अर्घाखाँचीमा बस दुर्घटना : ३ जनाको घटनास्थलमै मृत्यु

प्रकाशित मिति:

अर्घाखाँची ।

शितगंगा नगरपालिका–२ भुवनपाटामा बस दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा दुई जना महिला र एक पुरुष रहेको प्रहरी निरीक्षक एवं सूचना अधिकारी विष्णुप्रसाद पौडेलले बताए ।

दुर्घटनामा परी घाइते भएकामध्ये ७ जनालाई प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचारपछि बुटबल रेफर गरिएको उनले बताए ।

लु २ ख ३०३ नम्बरको बस अर्घाखाँचीबाटबाट नवलपरासीको बर्दघाटतर्फ जाँदै गरेको थियो । भुवनपाटा ओरालोबाट करिब दुई सय मिटर तल खसेको थियो ।

घटनामा उद्धारकार्य भइरहेको छ ।

सम्बन्धित् समाचार