गृहपृष्ठ Featured एसईई दिएर पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

एसईई दिएर पौडी खेल्न गएका किशोरको डुबेर मृत्यु

काठमाडौं ।

गोरखाको बुढीगण्डकी नदीमा पौडी खेल्ने क्रममा डुबेर एक किशोरको मृत्यु भएको छ। आरुघाट गाउँपालिका- १ का १६ वर्षीय युनिश गुरुङको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार युनिश आरुघाट गाउँपालिका- ४ स्थित थुमीमा एसईई दिएर बुधबार अपराह्न बुढीगण्डकी नदीमा पौडी खेल्न गएका थिए।

खोजीका क्रममा साँझ स्थानीय र प्रहरीको संयुक्त टोलीले बगाएको स्थानदेखि करिब एक किलोमिटर तल उनलाई मृत फेला पारेको सुवेदीले बताए। उनको शवलाई पोष्टमार्टमका लागि राति नै जिल्ला अस्पताल गोरखामा लगिएको जिल्ला प्रहरीले जनाएको छ।

 

सम्बन्धित् समाचार