गृहपृष्ठ Featured श्रृङ्गिघाट सामुदायिक वनद्धारा सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण

श्रृङ्गिघाट सामुदायिक वनद्धारा सुरक्षाकर्मीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकामा रहेको श्रृङ्गिघाट सामुदायिक वन उपभोक्ता समूहले प्रहरीलाई अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरेको छ ।

विहिबार वनले चारनम्बरमा भएको प्रभातफेरी कार्यक्रममा ईलाका प्रहरी कार्यालय र शसस्त्र वेस क्याम्प पिपरालाई २/२ ओटा अग्नि नियन्त्रण उपकरण (फायर ईक्सटिङ्ग्वीसर) हस्तान्तरण गरेको वनका अध्यक्ष सुसिलसिंह ठकुरीले वैखरीलाई जानकारी दिए ।

वनको बार्षिक स्वीकृत कार्यक्रमको विपद व्यवस्थापन अन्तर्गत अग्नि नियन्त्रण उपकरण हस्तान्तरण गरिएको उनले जानकारी दिए । आगलागीका घटना नियन्त्रणमा सघाउने पुर्याउने उद्देश्यले सुरक्षाकर्मीलाई उपकरण हस्तान्तरण गरेको उनले बताए ।

उनले आगलागीका घटना बढ्दै गएको भन्दै वनले दिएको सामग्रीले आगो नियन्त्रण गर्न ठूलो टेवा पुग्ने बताए । अग्नि नियन्त्रण अभावमा धेरै ठाउँमा आगोले ठूलो क्षति पु¥याएको उनको भनाइ छ ।

वनकी सचिव सुष्मा खाँणले आगलागीबाट हुने विपद्को घटना न्यूनिकरण गर्न यो सामाग्रीले सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।

उनले गर्मी मौसममा आगोको उच्च जोखिम हुने हुँदा सो नियन्त्रणमा सहयोग पुगोस् भनेर उक्त उपकरण उपलब्ध गराईएको बताईन् ।

उक्त उपकरण हस्तान्तरण कार्यक्रममा वनका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित् समाचार