र्वखरी अनलाईन, बाणगंगा ।
जिल्लाको बाणगंगा नगरपालिका २ मा रहेको बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समुहले वनका उपभोक्ताहरुको स्वास्थ्य बिमा गरिदिएको छ ।
चालु आर्थिक वर्ष २०८१/०८२ को वार्षिक निति तथा कार्यक्रमको गरिबी न्युनिकरण अन्तर्गत गरिब तथा विपन्न वर्गका एक सय जना उपभोक्ताहरुको स्वास्थ्य विमा गरिदिएको वनका अध्यक्ष सत्यनारायण थारुले जानकारी दिए ।
स्वास्थ्य सेवामा गरिब, विपन्न वर्गको सहज पहुँचहोस् भन्ने उद्देश्यसहित विमा कार्यक्रम ल्याईएको उनले बताए । उनले आफ्ना उपभोक्ताहरुको स्वास्थ्य उपचारको अभावमा कसैको ज्यान नदिने बताए ।
बाणगंगा नगरपालिका वडा नं.२ का वडा अध्यक्ष विष्णु प्रसाद पौडेलले वनले उदाहरणीय कार्य गरेको भन्दै यसले वनप्रति समाजमा सकारात्मक सन्देश प्रवाह हुने बताए । यस वनले सामाजिक विकाससंगै गरिबी न्युनीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उनले बताए ।
वनको यो प्रयासलाई अन्य वनले पनि सिको गर्नुपर्ने बताउँदै यसैगरि सबैको संयुक्त प्रयासबाट वडालाई खुशी र समृद्ध बनाउन सकिने उनको भनाई छ ।
स्वास्थ्य विमा भएपछि विमाबाट लाभान्वितहरुले अब स्वास्थ्य समस्या आए समयमै स्वास्थ्य उपचार पाईने भन्दै खुशी व्यक्त गरेका छन् । अन्य उपभोक्ताहरुले समेत खुशी व्यक्त गर्दै वनलाई धन्यवाद दिएका छन् ।
उक्त कार्यक्रममा वनका पदाधिकारीहरुसहित उपभोक्ताहरुको सहभागिता रहेको थियो ।








