गृहपृष्ठ Featured गुल्मीमा रेडक्रसको नयाँ नेतृत्व सर्वसम्मत चयन

गुल्मीमा रेडक्रसको नयाँ नेतृत्व सर्वसम्मत चयन

गुल्मी ।

नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ। शनिबार जिल्लाको सदरमुकाम तम्घासमा भएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको ४१ औँ साधारण सभाको अधिवेशनले नयाँ कार्यसमितिलाई सर्वसम्मत चयन गरेको हो।

अधिवेशनबाट नेपाल रेडक्रस सोसाइटी गुल्मी शाखाको सभापतिमा कृष्णप्रसाद भण्डारी सर्वसम्मत निर्वाचित हुनुभएको छ। शाखाको १७ सदस्यीय कार्यसमितिको उपसभापतिमा राधा पन्थी र लालबहादुर कुँवर रहनुभयो। मन्त्रीमा ज्ञानहरि सापकोटा, कोषाध्यक्षमा महेन्द्रप्रसाद भण्डारी, उप-मन्त्रीमा ईश्वरी पौडेल र उप-कोषाध्यक्षमा विष्णुप्रसाद भण्डारी सर्वसम्मत निर्वाचित हुनुभयो।

त्यसैगरी सदस्यमा अनुपकुमार श्रेष्ठ, पिताम्बर अर्याल, अनन्तराम पौडेल, टंकप्रसाद पन्थ, सरस्वती भण्डारी, सावित्रा श्रेष्ठ, मिठु गौतम घिमिरे, महेन्द्र गौतम, पूर्णलाल आचार्य र मेघराज न्यौपाने सर्वसम्मत निर्वाचित हुनुभयो। शाखाको कार्यसमिति चयनका लागि भएको उम्मेदवारी दर्ता आवश्यक पद र सङ्ख्या अनुसार उम्मेदवारी दर्ता भएपछि निर्वाचन समितिले कार्यसमिति सर्वसम्मत भएको घोषणा गरेको हो।

सम्बन्धित् समाचार