गृहपृष्ठ Featured भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो

भारतको गुजरातमा पटाका गोदाममा विस्फोट हुँदा २० जनाको ज्यान गयो

भारतको गुजरातमा रहेको पटाका गोदाममा विस्फोट भएपछि आगलागी हुँदा २० जनाको ज्यान गएको छ । अरु पाँच जना घाइते भएका छन् ।

बनासकाँठा जिल्लाको डीसा नगरमा भएको घटनामा मृतकमध्ये सबै मध्य प्रदेशबाट आएका मजदुर रहेका आजतकले जनाएको छ ।

शुरूमा छ जनाको ज्यान गएको पाइए पनि आगो निभाएर खोजी गर्दा मृतकको सङ्ख्या बढेको हो । विस्फोटका कारण कारखानाको स्ल्याब खसेर मजदुरहरु पुरिएका थिए ।

घटनाका बेला कति मजदुरहरू उपस्थित थिए भन्ने अझै यकिन हुन सकेको छैन । प्रहरीले कारखाना मालिकविरुद्ध मुद्दा दर्ता गरेको छ ।

सरकारले मृतकका परिवारलाई चार लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ । भारतमा पटाका कारखाना र गोदामहरूमा सुरक्षाका मापदण्डहरू बेवास्ता गरिने भएकाले यस्ता दुर्घटना दाेहोरिरहेका छन् ।

सम्बन्धित् समाचार