गुल्मी ।
गुल्मी जिल्लाका कृषकहरु चैत धान रोप्न सुरु गरेका छन् । चैतको पहिलो साताबाट सुरु गरेर चैतको अत्यसम्म धान रोप्ने गरिन्छ । चैतमा रोपेको धान साउनको पहिलो सातासम्म पाक्छ ।
चैते धान रोपेको ठाउँमा पुनः फेरि बर्खे धान रोप्ने गरिन्छ । जिल्लामा पछिल्लो तीन वर्षको तथ्याङ्क हेर्दा बर्सेनि चैते धान रोप्ने क्षेत्रफल घट्दै गएको छ ।
विभिन्न कारणले मानिसहरु बसाइँसराइ गर्नाले उत्पादन गर्ने जनशक्ति नहुँदा खेतीगर्ने क्षेत्रफल बर्सेनि घट्दै गएको कृषि ज्ञनकेन्द्र गुल्मीका नरेश धित्तालले बताए । अर्को पछिल्ला केही वर्ष यता हिउँदमा वर्षात पनि नभएकाले खेती गर्न समस्या हुँदै आएको छ ।
गत आर्थिक वर्ष ०८०/०८१ मा ३१९ हेक्टर क्षेत्रफलमा एक हजार २८६ मेट्रिकटन धान उत्पादन भएको थियो । जिल्लामा आर्थिक वर्ष ०७७/०७८ मा ३५२ हेक्टर क्षेत्रफला धान खेती भएको पाइएको छ ।