गृहपृष्ठ Featured टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

टोखाबाट ट्रकमा भेटिएको २५ करोडको मालिक पहिचान

काठमाडौँ ।

२५ करोड रुपैयाँ बराबरको अवैध विदेशी मुद्रा (अमेरिकी डलर र युरो) मालिक पहिचान भएको छ । राजस्व अनुसन्धान विभागका अनुसार उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई अहिले टोखा नगरपालिका–१० महादेवटार बस्ने नारायण पौडेलको रहेको खुलेको हो ।

राजस्व अनुसन्धान विभागका महानिर्देशक चण्डीप्रसाद घिमिरेका अनुसार अहिलेसम्मको अनुसन्धानबाट उक्त रकमका मुख्य मालिक पौडेल नै भएको खुल्न आएको बताए । ‘मोबाइल कल , पैसा बोकेको गाडीको मुमेन्ट, गोप्य स्रोतबाट आएका सूचनाका आधारमा हामीले मुख्य मालिक पहिचान गरेका हौँ,’ उनले भने,‘उनलाई पक्राउ गर्नका लागि अदालतबाट आइतबार नै पुर्जीसमेत जारी भइसकेको छ ।’

विभागले उनको काठमाडौंमा रहेको घर लगायतका ठाउँमा विभागले खानतलासी पनि गरेको छ । सो क्रममा उनले सबै प्रमाण लुकाएको देखिएको छ । उनका अनुसार विदेशी विनियमय ऐनअनुसार यो विषयको अनुसन्धान गरिएको छ ।

सम्बन्धित् समाचार