गृहपृष्ठ Featured लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

रुपन्देही ।

लुम्बिनीमा उपकुलपतिहरुको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा, विश्वविद्यालय अनुदान आयोगको सहयोग र ग्लोवल युनिभर्सिटी नेटवर्कको सहकार्यमा लुम्बिनीमा अन्तर्राष्ट्रिय उपकुलपति र १८ औं न्यूज (पूर्व, पश्चिम, उत्तर, दक्षिण) सम्मेलन बुधबारबाट लुम्बिनीमा सुरु भएको हो ।

सम्मेलनको एक कार्यक्रमकाबीच राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले उद्घाटन गरे । सो अवसरमा बोल्दै उनले चौथो औद्योगिक क्रान्तिको जनशक्ति उच्च प्रविधिको सीपयुक्त हुन आवश्यक रहेको बताए ।

विश्वविद्यालयबाट उत्पादन हुने जनशक्ति विश्वव्यापी रुपमा काम गर्न सक्षम हुनुपर्ने उनको भनाइ थियो । योजना आयोगले प्रविधियुक्त शैक्षिक विकासमूलक योजनाहरु निर्माणमा अग्रसरता दिइरहेको उनले बताए ।

उच्च शिक्षामा बौद्ध दर्शन अन्तर्राष्ट्रिकरण, प्राज्ञिक नेतृत्वमा बौद्ध दर्शन र नैतिकता, चौथो औद्योगिक क्रान्तिमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, नेपालको उच्च शिक्षाका चुनौति र अवसर विषयमा केन्द्रीत रही उपकुलपति सम्मेलन आयोजना गरिएको हो ।

सम्बन्धित् समाचार