बाणगंगा ।
वन डढेलोको सम्भावित जोखिम कम गर्न डिभिजन वन कार्यालय कपिलवस्तुले विभिन्न चरणमा पुर्व तयारीको कार्यक्रम संचालन गरेको छ ।
सव डिभिजन वन कार्यलय, गोरुसिंगेले पहिलो चरणमा डढेलो नियन्त्रण जनचेतना अभियान संचालन गरेको हो ।
साथै यस कार्यलाई थप संस्थागत गर्न कलस्टर अनुसार वागगंगा र बुद्धभूमि नगरपालीका अन्तर्गत पर्ने सामुदायिक वनहरको छुट्टा-छुटै अग्नि नियन्त्रण संजाल गठन गरीएको छ ।
संजाललाई परिचालन गरी सामुदायिक वन तथा राष्ट्रिय वनमा विभिन्न वन डढेलो जोखिम नियन्त्रण गर्न कार्यक्रम संचालन गरीएको सवडिभिजनका प्रमुख दयाराम पौडेलले जानकारी दिए ।

वन जंगललाई डढेलोबाट जोगाउन अग्निरेखा सररफाई, जोखिम क्षेत्र पहिचाहन गरी सो क्षेत्रको नियमित पात पत्कर हटाउने र डढेलो व्यवस्थापनमा समुदाय परिचालन अभियानकै रुपमा आवश्यक रहेको उनको भनाई छ ।
सव डिभिजन वन कार्यलय, गोरुसिंगे अन्तर्गत १७ वटा सामुदायिक वनमा बुधबार अग्नि रेखा सरसफाई तथा जोखिम युक्त क्षेत्रको पातपतिङगर हटाउने र नियन्त्रित डढेलो लगाउने र त्यसको अनुगमन संजाल मार्फत गरीएको थियो । त्यस कार्यक्रममा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्षहरुले आ-आफ्नो सामुदायिक वनमा भएको आगोलागीको पुर्व तयारीको वारेमा जानकारी गराएका थिए ।
सो दिन उपभोक्ता समुहले आआफ्नो क्षमता पर्दशन गरेको थिए । सो क्रममा समुहमा रहेका अग्नि नियन्त्रण गर्ने सामाग्रीहरुको स्थलगत रुपमा प्रयोग गरी आवश्यक जानकारी गराईएको , जोखिमको समय पुर्व सुचना सकृय वनाउने, अग्निनियन्त्रण दस्ता थप गर्ने, रात्री कालिन गस्ति गर्ने वारेमा छलफल भएको वुद्दभुमी अन्तरगतका संजालका अध्यक्ष निल कुमार श्रेष्टले जनाए ।

वन उपभोक्ता सचेतिकरण, सर्वसाधारणमा सूचना प्रवाह, जोखिमयुक्त क्षेत्रमा पूर्वतयारी तथा अग्निरेखा बनाउने काम भइरहेको र सुन्य डढेलो वनाउन अभियनकै रुपमा संचालन गरेको वाडगंगा अन्तरगतका संजालका अध्यक्ष कुन्तामणि भुसालले जनाए । उनले अभियानमा कर्मचारी, सुरक्षाकर्मी र स्थानीय उपभोक्ता सहभागी भएर पैदल हिड्ने क्षेत्र र बजार क्षेत्र पर्ने स्थानमा अग्निरेखा सरसफाई गरेको बताए ।
समुदायको पहलमै जंगलमा लागेको डढेलो निभाउने, वन संरक्षण गर्ने अभियानसमेत चल्ने उनले बताए । सामुदायिक वन उपभोक्ता समूहका सदस्यले अग्निरेखा बनाउने, डढेलो व्यवस्थापनका लागि घरदैलो अभियान गर्ने उनले बताए । खडेरीसँगै सुख्खा मौसममा वन जंगलमा लाग्ने आगलागी न्यूनीकरणका लागि अभियान थालिएकाले केही कमी आउने उनको विश्वास छ ।
उनले आगलागीबाट ठूलो जोखिममा पर्ने समुदायहरुलाई अग्निरेखा र डढेलो व्यवस्थापनमा जुट्न आग्रह समेत गरे । अधिकांश सामुदायिक वनले आगो लाग्नै नदिने तर्फ सोंच बनाएर काम अघि बढ्नुपर्ने अधिकांश सा.व.उ.स.का अध्यक्षको भनाई छ । डिभिजन वन कार्यलय संगै अन्य सरोकारवालाहरु, स्थानीय तहहरुले समेत यथाशीघ्र वन डढेलो नियन्त्रणका लागि स्थानीय बासिन्दालाई परिचालन गर्नुपर्ने, स्थानीय स्तरमा विपद् व्यवस्थापनका लागि जनचेतना, उपकरण (दमकल) तथा जनशक्ति परिचालन, वन डढेलो नियन्त्रणमा खटिएका जनशक्तिलाई आवश्यक सुविधा र सुरक्षाको समेतको उपयुक्त व्यवस्था गरी आगोलागी नियन्त्रण तथा व्यवस्थापना थप उत्प्रेरित गर्नुपर्ने कार्यलय प्रमुख पौडेलले वताए ।
सम्वन्धित निकायबाट समेत वन डढेलो हुन नदिन स्थानिय स्तरमा जनचेतनाको साथै वन डढेलोको घटना भएमा तत्काल र नियन्त्रण गर्न उपलब्ध स्रोतसाधनको तयारी,सम्भार र परिचालन, प्रत्येक घटना घटाउने व्यक्तिका सम्बन्धमा सोधपुछ र कार्वाही गर्नुपर्नेमा सरोकारवाला बताउँछन्








