वैखरी अनलाईन, बाणगंगा ।
चौथो कपिलवस्तु बाणगंगा सडक खाना महोत्सव हुने भएको छ । यही चैत्र ३१ गते बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा उक्त सडक खाना महोत्सव हुन लागेको हो ।
‘सडकमै खाऔं, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने नारासहित चारनम्बर−तौलिहवा रोडमा उक्त सडक खाना महोत्सव हुन लागेको बाणगंगा वेलफेयर सोसाईटीका अध्यक्ष राजकुमार खाँणले बताए ।

उनले सडक खाना महोत्सवमा खानाका विभिन्न परिकारसँगै कलाकारहरुको प्रस्तुतिमा मनोरञ्जनात्मक कार्यक्रमहरु हुने बताए ।
यस क्षेत्रको व्यापार, व्यवसायलाई चलायमान गराउन यस्ता महोत्सवहरुले सकारात्मक भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
यस क्षेत्रको पर्यटन प्रबद्र्धन र विकासमा टेवा थप्ने लक्ष्य समेत रहेको उनले बताए ।







