गृहपृष्ठ Featured रोल्पामा चट्याङ लागेर १६ वर्षीया बालिकाको मृत्यु, २ घाइते

रोल्पामा चट्याङ लागेर १६ वर्षीया बालिकाको मृत्यु, २ घाइते

रोल्पामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

बुधबार राति करिब १ बजेको समयमा चट्याङमा परी सुनिलस्मृति गाउँपालिका– ५, काप्जिङ बस्ने झम्के खत्रीकी छोरी १६ वर्षीया धनमाया खत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरमा सुतिरहेको अवस्थामा परेको चट्याङमा पर्दा धनमायाको घटनास्थलमै मृत्यु भएको छ भने घरमै रहेका अन्यलाई भने केही नभएको बुझिएको छ ।

त्यस्तै, सोही गाउँका टीकाबहादुर खत्रीका १५ वर्षीय छोरा नवीन खत्री चट्याङ लागेर घाइते भएको र उनको स्थानीय क्वालिगाउँ स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । काप्जिङ गाउँकै अर्का टीकाबहादुर घर्तीको घरमा परेको चट्याङले १३ वर्षीया छोरी लीला घर्ती घाइते हुनुका साथै दुईवटा बाख्रासमेत मरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक रोहितकुमार शाहीले जानकारी दिए ।

सम्बन्धित् समाचार