गृहपृष्ठ Featured १७ हजारको हत्याको कुरा छाडौं, मैले एक जनालाई पिटेको पनि छैन: प्रचण्ड

१७ हजारको हत्याको कुरा छाडौं, मैले एक जनालाई पिटेको पनि छैन: प्रचण्ड

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १७ हजार मानिसहरूको मृत्यु युद्धका क्रममा भएको बताएका छन्।

शनिबार संक्रमणकालीन न्यायसम्बन्धी खिमलाल देवकोटाले लेखेको पुस्तक विमोचन कार्यक्रममा बोल्दै प्रचण्डले मुलुकलाई इतिहासको पछाडितिर धकेल्न चाहनेहरूले माओवादी केन्द्र र विशेषगरी आफूमाथि १७ हजार मानिस मारेको आरोप लगाएको बताएका हुन्।

‘यो त युद्धको नियमअनुसार युद्धमा भएको कुरा हो । राज्य पक्षले कति मार्‍यो, विद्रोहीले कति के गर्‍यो भन्नेकुरा त अध्ययन गर्न सकिन्छ, अनुसन्धान गर्न सकिन्छ,’ उनले भने, ‘ १७ हजार माओवादीले, अझ प्रचण्डले? हत्याको कुरा छाड्दिनुस् मैले अहिलेसम्म एक जनालाई पिटेको पनि छैन।’

अध्यक्ष प्रचण्डले युद्धको नेतृत्व आफूले  लिएको र शान्ति प्रक्रियामा आएपछि सम्पूर्ण कुराको जिम्मा लिन्छु भनेको बताए।

सम्बन्धित् समाचार