गृहपृष्ठ Featured अब इलाका प्रशासन कार्यालय चन्द्रौटाबाटै राहदानी सेवा !

अब इलाका प्रशासन कार्यालय चन्द्रौटाबाटै राहदानी सेवा !

चन्द्रौटा ।

इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट औपचारिक रूपमा राहदानी सेवा सुरु गरिएको छ। बुधबारदेखि सेवा सञ्चालनमा आएसँगै शिवराज नगरपालिकाका मेयर अजय थापा र प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले संयुक्त रूपमा सेवाको उद्घाटन गरे।

२०५४ सालमा स्थापना भएको इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट यसअघि राहदानी सेवा नहुँदा स्थानीयलाई तौलिहवा पुग्नुपर्ने बाध्यता थियो। अब शिवराज, विजयनगर र कृष्णनगर क्षेत्रका बासिन्दाले चन्द्रौटाबाट राहदानी सेवा लिन पाउने भएका छन्।

नगर प्रमुख अजय थापाले समय र खर्चको बचत हुने भन्दै नागरिकले सजिलो सेवा पाउने विश्वास व्यक्त गरे।

प्रमुख जिल्ला अधिकारी तामाङले हालसम्म नागरिकता र राष्ट्रिय परिचयपत्रको सेवा मात्र दिइँदै आएकोमा राहदानी पनि दिन थालेको जानकारी दिए। इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख घनश्याम न्यौपानेले सेवा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे।

सेवा सुरु भएपछि पहिलोपटक राहदानी सेवा लिएका स्थानीय विजय सापकोटाले खुशी व्यक्त गरे।

सम्बन्धित् समाचार