गृहपृष्ठ Featured मुना सामुदायिक वनद्धारा १२९ जना उपभोक्तालाई किटनाशक झुल वितरण

मुना सामुदायिक वनद्धारा १२९ जना उपभोक्तालाई किटनाशक झुल वितरण

वैखरी अनलाईन, बाणगंगा ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं.२ मा रहेको मुना सामुदायिक वन उपभोक्ता समूहले उपभोक्तालाई किटनाशक झुल वितरण गरेको छ । वनले विहिबार एक कार्यक्रमकाबीच १२९ जना उपभोक्ताहरुलाई झुल वितरण गरेको वनका कोषाध्यक्ष रामप्रसाद पौडेलले जानकारी दिए ।

उनले वनको बार्षिक स्वीकृत कार्यक्रम अनुसार झुल वितरण गरिएको बताए ।

बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले बढ्दो गर्मीमा लामखुट्टेको टोकाईबाट निम्तिन सक्ने जोखिमलाई मध्येनजर गरेर वनले किटनाशक झुल वितरण गरेको भन्दै खुशी व्यक्त गरे ।

उनले यस वडाभित्रका वनले उपभोक्तालाई केन्द्रविन्दुमा राखेर उनीहरुको आवश्यकतालाई बुझेर काम गरिरहेको बताए । उनले वडा कार्यालय विभिन्न विकास निर्माणका कामसंगै सामुदायिक हितका सम्बन्धमा वनसंग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

सबडिभिजन वन कार्यालय पिपराका प्रमुख वरिष्ठ वन अधिकृत मोहन मिश्रले वनको संरक्षण, सम्बद्र्धनसंगै उपभोक्ता हितमा पनि काम गर्नु उदाहरणी काम भएको बताए ।

वनका अध्यक्ष कुशल थापाले मौसम परिवर्तनका कारण लामखुट्टेले टोक्ने क्रम बढिरहेको भन्दै गाउँमा औलो जस्ताको संक्रमण देखिन सक्ने भएकाले पूर्वसावधानीका लागि झुल वितरण गरिएको बताए । लामखुट्टेको टोकाइबाट हुने संक्रमण कम गर्न झुलले मद्दत गर्ने उनको विश्वास छ ।

वनले किटनाशक झुल उपलब्ध गराएपछि उपभोक्ताहरुले लामखुट्टेको टोकाईबाट बच्न झुलले सहयोग गर्ने भन्दै खुशी व्यक्त गरेका थिए ।

सम्बन्धित् समाचार