वैखरी अनलाइन, बाणगंगा ।
कपिलवस्तु जिल्लाको शुद्धोधन गाउपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई केन्द्र बनाई गोली चलेको छ ।
गएको मध्यरातमा घरमै रहेका अध्यक्ष चौधरीलाई केन्द्र बनाई गोली चलेको हो । गत राती करिव साढे ११ बजेको समयमा सो घटना घटेको हो ।
घरमै रहेका अध्यक्ष चौधरी घरसगैँ सटेको शौचालयमा शौच गर्न जाने क्रममा सोही मौका छोपी अज्ञात ब्यक्तिले गोली चलाएका हुन ।
गोली चलाउने ब्यक्ति उचाइमा आफु भन्दा अग्लो रहेको र मुखमा सेता पट्टी बाधेर आएको अध्यक्ष चौधरीले बताएका छन् ।
गोली लाग्नबाट बालबाल बचेका चौधरीले आफुलाई फसाउने कुनै माध्यम नदेखेपछि केही तत्वले सिध्याउनेनै उदेश्य राखेर यस्तो कार्य गरेको बताए । सो घटनासाथ उनको घरमा प्रहरी समेत पुगेको थियो ।
गोली चलाउने ब्यक्तिको खोजी भई रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले गोलीको खोका समेत बरामद गरेको छ भने त्यसैका आधारमा अनुसन्धान अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सुचना अधिकारी डिएसपि मोहन मणि अधिकारीले वैखरी अनलाइनलाई जानकारी दिए ।








