गृहपृष्ठ Featured रास्वपा लुम्बिनी सभापति भन्छन्- गणतन्त्रका ठेकेदारहरूले गणतन्त्र पूर्णतः असफल बनाए

रास्वपा लुम्बिनी सभापति भन्छन्- गणतन्त्रका ठेकेदारहरूले गणतन्त्र पूर्णतः असफल बनाए

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश सभापति देवराज पाठकले आफ्नो स्टाटसबारे प्रष्टीकरण दिएका छन् ।

राजतन्त्र पक्षधरलाई सहयोग पुग्नेगरी उनले यही वैशाख ५ गते सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । उक्त स्टाटसका सम्बन्धमा आइतबार प्रष्टीकरण दिएका हुन् ।

‘…पोस्ट गरेको स्टाटस का सम्बन्धमा विभिन्न सञ्चार माध्यममा आएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ,’ पाठकले लेखेका छन् ।

सामाजिक सञ्जालबाट प्रष्टीकरण दिँदै गर्दा उनले पूरानो स्ट्याटस भने हटाएका छैनन् ।

पार्टीको जलेश्वर बैठकले बहुलवादमा आधारित संघीय गणतान्त्रिक शासन व्यवस्थाको राजनीतिक प्रतिवेदन स्वीकृत गरेको स्मरण गर्दै उनले आफूहरूले संवैधानिक समाजवादमा विश्वास राख्ने बताए ।

सम्बन्धित् समाचार