गृहपृष्ठ Featured लुम्बिनी प्रदेशमै पहिलोपटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण

लुम्बिनी प्रदेशमै पहिलोपटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण

नेपालगन्ज ।

लुम्बिनी प्रदेशमै पहिलो पटक भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय मानव अङ्ग प्रत्यारोपण केन्द्र काठमाडौंको सहकार्यमा मंगलबारदेखि उक्त सेवा अस्पतालमा सुरु भएको हो ।

भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.निराजन सुवेदीले भेरी अस्पतालमा पहिलोपटक मंगलबार पहिलो दिन दुई जना बिरामीको मिर्गौला सफलतापूर्वक प्रत्यारोपण गरिएको बताए ।

मंगलबार पहिलो दिन बाँसगढी नगरपालिका वडा नम्बर ८ बर्दियाका ३७ वर्षीय पुरुष र औरही नगरपालिका २ महोत्तरीका ४० वर्षीय पुरुषलाई सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको अस्पतालका मेसु डा.सुवेदीले जानकारी दिए ।

उनकाअनुसार दुवैजना बिरामीलाई उनीहरुका श्रीमतीले मिर्गौला दान गरेका थिए । यसअघि एक जना बिरामीले भेरी अस्पतालमै डायलाइसिस गराउँदै आएको र अर्को एकजना बिरामीले काठमाडौंमा डायलाइसिस गराउँदै आएका थिए ।

सम्बन्धित् समाचार