गृहपृष्ठ Featured दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको मृत्यु

दाङमा श्रीमानको किरिया बसेकी श्रीमतीको मृत्यु

दाङ ।

नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय सदस्य भगवती शर्माको निधन भएको छ । उहाँका श्रीमान् तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरका ८३ वर्षका नारायण आचार्यको गएको वैशाख ८ गते निधन भएको थियो ।

किरिया बसेकै अवस्थामा भगवतीको आज बिहान निधन भएको स्थानीय विनोद शर्माले जानकारी दिनुभयो ।

भगवती शर्मा लामो समयदेखि सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका रोगबाट पीडित हुनुहुन्थ्यो ।

उहाँ श्रीमान् आचार्य आफैले आफैलाई गोली हानेको अवस्थामा मृत फेला पर्नुभएको थियो ।

सम्बन्धित् समाचार