रुपन्देही ।
लुम्बिनीमा बौद्ध अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट (बिआईटिएम) हुने भएको छ । आगामी जेष्ठ ९, १० र ११ गते काठमाडौँ र लुम्बिनीमा आयोजना हुने मार्ट कसरी संचालन गर्ने भन्ने विषयमा नेपाल एशोयिसन अफ टुर एन्ड ट्राभल्स एजेन्ट ‘नाट्टा’ केन्द्रले लुम्बिनीमा सरोकारवालासँग छलफल गरेको छ ।
शनिबार भैरहवामा नाट्टा लुम्बिनी प्रदेश र बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट लुम्बिनी प्रदेशका पदाधिकारीबीच भएको छलफलमा नाट्टा केन्द्रीय अध्यक्ष कुमारमणि थपलियाले विगतका वर्षभन्दा यस वर्ष अझ व्यवस्थित गर्नेगरी सरोकारवालासँग छलफल गरिरहेको बताए ।
अध्यक्ष थपलियाले भने, ‘विगतका बर्षमा लुम्बिनीमा मात्रै हुने बुद्धिस्ट अन्तर्राष्ट्रिय ट्राभल्स मार्ट यस बर्ष काठमाडाैंमा र लुम्बिनीमा गर्न थालिएको हो । सबैको अपनत्व हुनेगरी कार्यक्रम सम्पन्न गर्न हामीले सरोकारवालासँग छलफल गरिरहेका छौं ।’
अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त स्वदेशी तथा विदेशी ट्राभल्सहरुको सहभागिता रहने मार्ट नेपालको पर्यटन प्रबद्र्धनमा विशेष योगदान दिने तेस्रो बुद्धिस्ट अन्तराष्ट्रिय ट्राभल्स मार्टका संयोजक जिस्वा तुलाधार श्रेष्ठले बताइन् ।